काठमाडौं आउँदै गरेको सवारी बिहानै त्रिशुलीमा खस्दा २ जनाको मृत्यु अन्य गम्भीर घाइते


काठमाडौं । चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शव*लाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

यस्तै, काठमाडौँमा तिखो वस्तु आक्रमणको घटना सेलाउन पाइनसकेको वेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि भएको छ । विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले तिखो वस्तुले घोचेर फरार भएका छन् । अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो वस्तुले घोचिएको हो ।

बलुवा खोलामा निर्माणाधीन पुलको छेउमा पुगेपछि आफूलाई एक युवकले अपशब्द बोल्दै सिरिञ्जजस्तो तिखो वस्तुले घोचेको उनले बताए । घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले भने, ‘पुलको पारिपट्टि मोटरसाइकल रोकेर दुई जना बसेका थिए। केही इसारा गरेपछि मैले मोटरसाइकल रोकेँ, मेरो मोटरसाइकल रोकिने बित्तिकै ‘हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो ।’

तिखो वस्तुले घोचेपछि एकछिन आँखा देख्न नसकेको चारैतिर अँध्यारो भएको उहाँको भनाइ छ। ‘यस्तो घटनाबारे पढेको थिएँ। आफैँ त्यसको शिकार भइयो’, उनले भने, ‘एकछिन त आँखै देखिनँ । सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागिसकेका थिए ।’ उक्त घटनापछि ‘चल रे चल’ भन्दै बी आर ३० लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर उनीहरू भागेको शिक्षक अधिकारीले बताए ।

यता, प्रहरीले उक्त कार्यमा संलग्नको खोजी कार्य जारी राखेको बताएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले सर्वसाधारणलाई पनि त्यस्तो प्रवृत्तिको मानिस देखिए तत्काल नजिकको प्रहरी निकायमा खबर गरिदिन आग्रह गरे । केही सातायता काठमाडौँ उपत्यकामा भएका यसखाले घटनामा संलग्न ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि