सरकारको ऋण उकालो लाग्दै, १० खर्ब नाघ्यो


मिडिया क्लब नेपाल । काठमाडौं

वर्षिक १४ प्रतिशतले वृद्धि हुँदै छ ऋण

नेपाल सरकारको आन्तरिक तथा बाह्य ऋण १० खर्ब नाघेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आ.व. ०७५÷७६ को अन्त्यसम्म सरकारको ऋण १० खर्ब ४१ अर्ब पुगेको हो ।
जसमा अन्र्तराष्ट्रिय निकायसँग लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ र आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब २३ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ । आ.व. ०७५÷७६ मासरकारको ऋण १३.६५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।
आ.व. ०७५÷७६ मा सरकारले कूल १ खर्ब ७७ अर्ब ८५ करोड ऋण लिएको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब १६ करोड ७५ लाख रुपैयाँ ऋण थपिएको हो । यस अवधिमा साँवा र ब्याज गरी ७५ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।
तथ्यांकअनुसार एकै वर्ष बाह्य दाताबाट लिएको ऋण ६३ अर्ब ९ करोड रुपैयाँले वृद्धि भयो भने आन्तरिक ऋण ६२ अर्ब ६ करोडले बढ्यो । आ.व. २०७४÷७५ मा सरकारको ऋण ९ खर्ब १६ अर्ब ५१ करोड रहेको थियो ।

कूल सरकारी ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी) को ३०.०६ प्रतिशत पुगेको महालेखा नियन्त्रक कार्यालयले बतााएको छ । यसमा बाह्य ऋणको हिस्सा १६.९८ प्रतिशत रहेको छ भने आन्तरिक ऋण १३.८० प्रतिशत रहेको छ ।
अर्थ मन्त्रालयका अधिकारीहरु जीडीपीको ३० प्रतिशत हाराहारी सरकारी ऋण हुनुलाई सामान्य मान्छन् । तथ्यांक हेर्दा सरकारले क्रमशः बाह्य ऋण घटाउँदै आन्तरिक ऋणमा जोड गरेको देखिन्छ । आ.व. २०७४÷७५ मा जीडीपीमा बाह्य ऋणको हिस्सा १७.३३ र आन्तरिक ऋणको हिस्सा १२.९० प्रतिशत रहेको थियो ।
एक वर्षको अवधिमा सरकारले ऋणको सावाँ÷ब्याज फिर्तामा ७५ अर्ब रुपैयाँ खर्च गरेको जनाएको छ । तथ्यांकअनुसार यस अवधिमा सरकारले वैदेशिक ऋणको साँवा÷ब्याज गरी २४ अर्ब ५४ करोड रुपैयाँ फिर्ता र्गयो । यस्तै, आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा ५० अर्ब ५२ करोड रुपैयाँ खर्च भएको तथ्यांक रहेको छ ।

विश्व बैंक र एसियाली विकास बैंक नेपाललाई ऋण दिने सबैभन्दा ठूला साहु हुन् । यी दुई बैंकका विभिन्न संस्थामार्फत नेपालमा ५ खर्बभन्दा माथिको ऋण लगानी भएको छ ।
त्यस्तै इन्टरनेशनल फण्ड फर एग्रीकल्चर डेभलपमेन्ट, यूरोपियन इन्भेष्टमेन्ट बैंकजस्ता निकायबाट पनि ऋण आएको छ । भारत, चीन, जापान, कोरिया, साउदी अरब, फ्रान्स, कुवेत, अष्ट्रिया, बेल्जियमजस्ता मुलुकबाट नेपालले ऋण लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि