प्रधानमन्त्रीका सल्लाहकारहरुको जागिर चैट् !


मिडिया क्लब नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सल्लाहकारहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।
२०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले राजनीति, विदेश मामला, प्रेस, प्रविधि, जनसम्पर्कलगायत विषयमा सल्लाहकार नियुक्त गरेका थिए । सल्लाहकारसँग शुक्रबार बालुवाटारमा छलफलमा बसेका प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल थिए । प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराई थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल थिए । ओलीका प्रविधि सल्लाहकार अस्गर अली थिए । त्यसैगरी प्रधामन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली थिए भने स्वकीय सचिव इन्द्र भण्डारी थिए । सँगै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रेस विज्ञ चेतन अधिकारी, रामशरण बजगाईं थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि