बुडोल सामुदायिक साकोसको २२ औं वार्षिकोत्सव समारोह सम्पन्न


काभ्रे । काभ्रेको बनेपामा रहेको एक्सेस ब्राण्ड पाउन सफल भईसकेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २२ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । संस्थाका अध्यक्षश्री कैलाश के.सी.को सभापतित्वमा सम्पन्न समारोह बनेपा ६, बुडोलस्थित चेतना केन्द्रमा भएको हो ।

कोभिड–१९ को जोखिमलाई मध्यजनर गर्दै सुरक्षाका उपायहरु अपनाइ आयोजना गरिएको समारोहको ढाँचा विगत वर्षहरुको भन्दा फरक रहेको थियो, जसमा अतिथिहरुलाई आमन्त्रण गरिएको थिएन भने विविध साँस्कृतिक झाँकीहरुलाई पनि समावेश गरिएको थिएन ।
समारोहमा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका प्रमुख सल्लाहकार रामहरि के.सी.ले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आ.व. ०७६।०७७ मा उत्ृकष्ट हुन सफल संस्थाका कर्मचारी, उत्कृष्ट बाल बचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरीदकर्ता सदस्यहरु, उत्कृष्ट रक्तदाताहरु र आ.व. ०७६।०७७ मा संरक्षितपूँजीफिर्ता कोषबाट अधिकतम रकम प्राप्त गर्ने २० जना सदस्यहरुलाई समेत नगद रकम सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जयराम थापाले गर्नुभएको थियो । संस्थाका अध्यक्ष एवं समारोहका सभापति कैलाश के.सी.ले अन्त्यमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । समारोहको अवसर पारेर २६ औँ रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि