‘नेकपाका दुई पक्षको तानातानमा बहिर्गमित लडाकु’


काठमाडौं । संसद विघटनपछि नेकपा (नेकपा) अस्पष्ट फुटको संहारमा छ । दुवै पक्षले आफू आधिकारिक रहेको बताउँदै सभा सम्मलेनहरु गर्दै आएका छन् ।
नेकपामा देखिएको फुटपछि प्रधानमन्त्री ओलीले बोलाएको पूर्व लडाकूहरूको भेलामा सहभागी भएका पूर्व बाल सैनिक तथा जनमुक्ति सेना नेपाल सङ्गठनका उपाध्यक्ष लेनीन बिष्ट आफूहरूले उठाएका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको बताउँछन् ।
उनले भने, ‘उहाँहरू हाम्रो माग मुद्दाको विषयमा सकारात्मक हुनुहन्छ। राजनीतिक रूपमै आवद्ध हुनेबारे पनि छलफल भएको छ। तर ठ्याक्कै प्रवेश नै गरिसकेको अवस्था छैन ।’
उनले पूर्व लडाकूहरूलाई “लोकतान्त्रिक योद्धा” घोषणा गर्ने प्रतिवद्धता सरकारले गरेको तर राजनीति र रोजगारीमा कसरी जोड्ने भन्ने छलफल भइरहेको बताए ।
बहिर्गमित पूर्व लडाकूहरूलाई पनि आफ्नो संगठनले प्रतिनिधित्व गरिरहेको बताउने बिष्ट नेकपाको फुटको प्रभाव पूर्व लडाकूहरूमा पनि देखिएको सुनाउँछन् ।
शान्ति प्रक्रियाको विषय भएकाले आफ्ना माग राज्यले सम्बोधन गर्नुपर्ने र हिजो द्वन्द्वमा सहभागी गराएकाले त्यसलाई पूरा गराउन नेकपाका अध्यक्ष प्रचण्डले कतिपयले धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि