‘संसद विघटन : सर्वाेच्चमा बहस सकियो, फैसलाको प्रतीक्षा’


काठमाडौं । प्रतिनिधिसभा विघटनको सुनुवाइमा पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएको छ ।

प्रतिनिधिसभा विघटनको सिफारिसलाई चुनौती दिँदै दायर गरिएका रिट निवेदनहरूमा बहस सकिएको छ ।
प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले फाल्गुन १० गते भित्र बहस नोट उपलब्ध गराउन पक्ष, विपक्ष र एमिकस क्युरीका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूलाई अनुरोध गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘त्यसपछि हर्दा हेर्दैमा जाने’ भन्दै न्यायाधीशहरूले फैसलाका लागि आन्तरिक परामर्श गर्ने सङ्केत गरेका छन् ।
अदालतको सहयोगी भनिने एमिकस क्युरीका तर्फबाट शुक्रवार बहस सम्पन्न भएको हो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि दायर गरिएका १ दर्जन रिट निवेदनहरू सर्वाेच्च अदालतमा दायर भएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि