‘संसद बैठक आगामी फागुन २२ वा २३ मा’


काठमाडौं । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ ।

सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको समाचारहरु बाहिरिएका छन् । ओली निकट नेता तथा नेकपा ओली पक्षबाट प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले प्रधानमन्त्री ओलीसँगको भेटमा आगामी फागुन २३ गतेभित्र संसद बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएको अभिव्यक्ति दिएका हुन् ।

त्यस्तै संसद बैठक आव्हान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने ओली पक्षको तयारी रहेको ओलीका निकट नेताहरुले बताएका छन् । शुक्रबार ओलीले बालुवाटारमा आफु निकटका नेताहरूसँगको भेटमा पार्टीभित्र समस्या रहेको भन्दै आफुले मुलुकको स्थायित्व र विकासका काम गर्न खोज्दा नदिएको भन्दै अब आउने चुनौतीलाई फेस गर्दै जाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि