अमेरिका र चीनबीचको विवाद ‘असामान्य स्थितिमा’


काठमाडौं । नयाँ अमेरिकी प्रशासन र चीनका वरिष्ठ अधिकारीहरूबीच भएको पहिलो प्रत्यक्ष बैठकमा दुवै पक्षबीच असामान्य चर्काचर्की भएको छ ।
अलास्कामा भएको बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले साइबर आक्रमण, दबावपूणर् आर्थिक नीति तथा मानवअधिकारको विषयलाई लिएर चीनको आलोचना गरेका थिए ।
चीनका स्वेच्छाचारी व्यवहारका कारण विश्वव्यापी स्थिरता कायम गर्ने नियमहरू जोखिममा परेको उनले बताएका थिए ।
प्रत्युत्तर दिँदै चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जियचीले वाशिङ्टनले आफ्नो शक्तिको प्रभावमा अन्य देशहरूलाई दबाउने गरेको आरोप लगाए ।
उनले अमेरिकाभित्र मानवअधिकारको अवस्था तल्लो बिन्दुमा पुगेको भन्दै अश्वेत अमेरिकीहरूको हत्या भइरहेको आरोप लगाए ।
अलास्काको एङ्करेज सहरमा भएको उक्त बैठकमा भएको चर्काचर्की सञ्चारमाध्यमका प्रतिनिधिहरूले प्रत्यक्ष देखेका थिए । एक घण्टासम्म विवाद चलिरह्यो ।
सो बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिङ्कन तथा राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन अनि चिनियाँ विदेशमन्त्री वाङ यी तथा चीनका सबभन्दा वरिष्ठ विदेश नीतिसम्बन्धी अधिकारी याङ जियची सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि