चौंरी देउराली गाउँपालिकाको बजेट ४७ करोड २६ लाख


काभ्रे । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । विहिबार सम्पन्न आठौं गाउँभ सभामा अध्यक्ष दिननाथ गौतमले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँसभामा आर्थिक वर्ष २०७८।७९ को वार्षिक नीति कार्यक्रम कार्यान्वयनका लागि ४७ करोड २६ लाख ३१ हजारको अनुमानित बजेट पेश गरिएको छ ।
गाउँपालिका अध्यक्ष गौतमका अनुसार जनसंख्या, भुगोल र क्षेत्रका आधारमा वडा भरीका योजनाहरुलाई प्राथमिकीकरण गरेर विनियोजन गर्नका लागि वडाहरुमा समेत न्यूनतम बजेटको व्यवस्था गरिएको छ । जस अनुसार वडा नं. १, २ र ९ का लागि प्रति वडा ३५ लाखका दरले, वडा नं. ७, ८ र ४ का लागि प्रति वडा ४० लाखका दरले र वडा नं. ५, ६ र ७ का लागि प्रति वडा ४५ लाखका दरले विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि