लुम्बिनी प्रदेशकी सांसद विमला वली विरुद्ध परिवारकै सदस्यले हाले अंशमुद्दा (हेर्नुहोस विस्तृतमा)


लुम्बिनीकी भाउजू सांसद अर्थात् विमलाकुमारी वलीविरूद्ध उनका साहिँला जेठाजु अमर वलीले ‘अंश संरक्षण’ सम्बन्धी मुद्दा दर्ता गरेका छन् ।
उनले प्रणय वली र दिवाकर वलीको तर्फबाट गत भदौ ३ गते दाङ-देउखुरी जिल्ला अदालतमा ०७३-०७८-००३६२ नम्बरअन्तर्गत मुध्दा हालेका थिए । प्रणय र दिवाकर सांसद वलीका छोरा हुन् ।
पति उत्तरकुमार वलीको २०७५ फागुन १० गते सवारी दुर्घटनामा मृत्यु भएपछि उनको नाममा भएको सबै सम्पत्ति विमलाको नाममा गएको थियो । उक्त सम्पत्ति रोकी नाबालक छोराहरुको नाममा राख्न मागदाबी गरिएको छ ।
प्रदेशसभा सदस्य विमलाको पर-पुरुषसँग आलिङ्गन गरिरहेको फोटो गत साता सार्वजनिक भएसँगै घर-परिवार सशंकित भएको पारिवारिक स्रोतले जनाएको छ ।
सांसद् वलीका दुई छोरा छन् । उनीहरू दुवै जना नाबालक हुन् । आफ्ना दुई छोराहरूसँग बस्दै आएकी छन् ।
छोराहरूको उमेर १८ वर्ष पुगेको छैन । ‘उनीहरूको उमेर नपुगेसम्म सम्पत्ति संरक्षण गरी पाऊँ भनी’ साहिँला जेठाजु अमर वलीले जिल्ला अदालतमा मुद्दा हालेका हुन् । मुद्दा दर्ता भई कारबाही प्रक्रिया अघि बढेको अदालत स्रोतले जनाएको छ । मुद्दाको अन्तिम किनारा नलागेसम्म सांसद वलीको सम्पत्ति तथा बैँक खाता रोक्का हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि