कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रे सम्मानित


काभ्रे । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेलाई जिल्ला सहकारी संघ, काभ्रेले सम्मान गरेको छ । जिल्ला सहकारी संघको ४० औं वार्षिक साधारण सभामा एक विशेष कार्यक्रमका बीच क्लबका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सम्मान पत्रसहित सम्मान गर्नुभएको हो ।
सम्मान ग्रहण गरेपछि क्लबका अध्यक्ष विवेकराज ठकुरीले क्लब स्वायत्त र स्वतन्त्र रहेको बताउनुभएको थियो । उहाँले क्लबले पहिलो लाइनमा व्यवस्थापन प्रमुखहरुलाई जोड्ने र दोस्रो लाइनमा अधिकृत स्तरका कर्मचारीहरुलाई जोडिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी कर्मचारीहरुको क्षमता विकासलाई विशेष ध्यान दिनेछौं ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि