काभ्रेमा खोलाले बगाएर आठ वर्षीय ‘बालकको मृत्यु’


काभ्रे । काभ्रेको रोशी गाउँपालिकामा रोशी खोलाले बगाएर आठ वर्षीय बालकको निधन भएको छ । विद्यालयबाट घर फर्कने क्रममा खोलामा पौडी खेल्दा बालकलाई खोलाले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका- ५ का कक्षा ३ मा अध्ययनरत ८ वर्षीय अवि तामाङको खोलाले बगाएर मृत्यु भएको हो ।
मंगलबार विद्यालयबाट घर फर्कने क्रममा रोशी गाउँपालिका- ९ स्थित रोशी खोलामा पौडी खेल्दाखेल्दै बगाएको बताइएको छ । बालकलाई खोलाले बगाएको सूचना प्राप्त हुना साथ इलका प्रहरी कार्यालय मंगलटारका प्रहरी र स्थानीयहरूले खोज्दै जाँदा रोशी गाउँपालिका- ११ कालढुंगास्थित खोला किनारमा शव फेला पारेको प्रहरीले जानकारी दिएको छ । बालकको शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि