क्यापिटल साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न, ‘सदस्यहरुको बिमा गरिदिने’


काभ्रे । बनेपामा रहेको क्यापिटल बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ४ दिन सदस्य उपस्थिति पुस्तिका खुल्ला गरी प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी साधारणसभा सम्पन्न गरेको हो ।
सभामा संस्थाका अध्यक्ष शेरबहादुर तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै स्थापनाकालदेखि नै संस्था सहकारी मुल्यमान्यता र सिद्धान्तमा सञ्चालन भएको र आर्थिक अनुशासनलाई पालना गरी सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा लागिपरेको बताए । संस्थाले गत आ.व.मा २३.८१ प्रतिशतले आर्थिक कारोबारमा वृद्धि गरी ४९ करोड २६ लाखको वासलात बनाउन सकेको उल्लेख गरे ।
संस्थाका सचिव फ्रेम बहादुर तामाङले प्रगति प्रतिवेदन तथा वार्षिक कार्यायोजना तथा बजेट सभामा प्रस्तुत गरेका थिए । संस्थामा आवधिक बचत राख्ने सदस्यहरुको दुर्घटनामा बीमा गर्ने र मनि ट्रान्सफरको सुविधा थप गर्ने योजना रहेको सभालाई उनले जानकारी दिए ।
संस्थाका कोषाध्यक्ष खेतराज सिटौलाले आर्थिक वर्ष २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुँजी ४ करोड ३१ लाख ५७ हजार, बचत ४४ करोड ९ लाख ४८ हजार र ऋण लगानी ३९ करोड २९ लाख ९३ हजार पुगेको जानकारी गराए ।
संस्थामा ३ हजार ४४२ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि