एमसीसी कार्यान्वयनमा सरकारलाई ‘निजी व्यवसायीहरुकै दबाब’


काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अबिलम्ब कार्यान्वयन गर्न निजी व्यवसायीहरुले सरकारलाई दबाब दिएका छन् । बुधबार तीनवटै निजी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस वक्तब्य जारी गर्दै एमसीसी कार्यान्वन गर्न आग्रह गरेका हुन् ।
एमसीसी परियोजना सम्बन्धी मुद्दा संसदबाट समयमै पास नहुँदा परियोजनाको उद्देश्य नै प्रभावित हुन पुगेको र यसले मुलुकको आर्थिक विकासमा समेत नोक्सान पुर्‍याएको व्यवसायीहरुको भनाई छ । ‘नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अभैm अघि बढ्न सकेको छैन । संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्व शर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको ४ वर्षसम्म कार्यान्वयन हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि