सामुदायिक साकोसको २७ औं साधारण सभा सम्पन्न, १८% सेयर लाभांश पारित


काभ्रे । पनौती-४, टौखालमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा क्यूआर भुक्तानी सेवाको शुभारम्भसहित सम्पन्न गरेको छ । साधारण सभाले सेयर सदस्यलाई १८ प्रतिशत शेयर लाभांशको प्रस्ताव समेत पारित गरेको छ ।
२०५१ साल माघ १४ गते स्थापना भई समुदायमा आधारित सदस्य केन्द्रीत वित्तीय तथा गैर वित्तीय क्रियाकलापहरु संचालन गर्दै आएको सहकारी संस्थाले काभ्रेपलान्चोक जिल्ला र काठमाडौं उपत्यकासहित चार जिल्ला कार्यक्षेत्र विस्तार गरी १४ वटा सेवा केन्द्रका सेवा प्रदान गरिरहेको छ ।
साधारण सभामा ३ अर्ब ३ करोडको पूँजी र ३१ हजार २ सय ६३ जना शेयर सदस्य रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साधारण सभाकै अवसरमा संस्थाले प्रिमियर डेन्टल क्लिनिकको प्राविधि सहयोगमा असोज १६ र १७ गते निःशुल्क दन्त शिविर कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा १ सय ५२ जना ब्यक्तिहरुले सहभागी भई स्वास्थ्य उपचार लिएका थिए ।
नेपाल राष्ट्र बैंकका उपनिर्देशक लक्ष्मी नारायण ताम्राकारले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको कार्यक्रममा संस्थाको नविनतम सेवा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गर्नु भएको थियो । राष्ट्र बैंकको उद्देश्य अनुरुप संस्थाले डिजिटाईजेशनतर्फ सदस्यहरुलाई उन्मुख गराउँदै लगेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा शुभकामना मन्तव्य राख्नुहुँदै विशिष्ट अतिथि ईन्द्रप्रसाद अधिकारीले शुसानलाई पालन गर्दै संस्था अब्बल बन्दै गएको बताउनुभयो । सहकारी संस्था सदस्यप्रति जिम्मेवार बन्दै प्रगती पथमा लाग्न शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै नेफस्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै सफल पहिचान बनाउन सफल संस्थाले सदस्यहरुको बिश्वास जित्न सकेकाले नै यो उपलव्धि हासिल गरेको बताउनुभयो । सेवा प्रवाहमा गुणस्तरियता कायम राख्नका लागि संस्था सदैव चनाखो हुनुपर्ने उहाँको भनाई थियो ।
संस्थाका प्रमुख सल्लाहकार एवं जिल्ला सहकारी संघ, काभ्रेका लेखा समितिका संयोजक शम्भुलाल श्रेष्ठले विगतका संघर्षका दिनहरु पार गर्दै यो चरणसम्म आईपुगेको संस्थाले सदस्य हिततर्फ सदैव सचेत रहनु बताउनुभयो । संस्थाका अध्यक्ष प्रकाश बन्जाराले ऐन, नीति, नियमको अधिनमा रही सदस्यलाई सेवा सुविधा प्रदान गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धताका जनाउनुभयो । अध्यक्ष बञ्जराले आगामी दिनमा थप प्रतिस्पर्धी र गुणस्तरिय सेवा उपलब्ध गराउने योजनासहित सभाको समापन गर्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष कुमारप्रसाद लामिछानेले साधारण सभामा उपस्थित सम्पूणर्मा स्वागत गर्नुभएको थियो भने सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि