पर्वमा हाम्रो जनकल्याण साकोसको सहयोग


दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले कार्य क्षेत्र भित्रका आर्थिक अवस्था कमजोर २५ परिवारलाई आज खाद्यन्न सहयोग गरेको छ । भीमेश्वर नगरपालिकाका ९ वटा वडाका वडा अध्यक्षको सिफारिसमा प्रत्येक वडाबाट तीन तीन जनाको दरले छानिएका आर्थिक तथा सामाजिक अवस्था अति कमजोर भएको परिवारलाई संस्थाले तीन हजार बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो ।

संस्थाका अध्यक्ष राजन श्रेष्ठको नेतृत्वमा सहयोग पाउने परिवारलाई पायक पर्ने स्थानमा पुगी सहयोग वितरण गरेको हो । सहयोग वितरणमा सम्बन्धित वडाका वडाअध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । सहयोग पाउनेमा भीमेश्वर नगरपालिका वडा नम्बर १ का भीम बहादुर थामी, कान्छी थामी, लोटा बहादुर थामी, वडा नम्बर २ का राम शिवभक्ति, ईश्वर शिवभक्ति र मान बहादुर श्रेष्ठ, वडा नम्बर ३ बाट गंगामाया रिमाल, वडा नम्बर ४ बाट गोमा बसेल, कम्लपना दर्जी र रजिना नेपाली, वडा नम्बर ५ बा हस्त बहादुर नेपाली, कल्याणी भुजेल र चन्द्र कुमारी न्यौपाने, वडा नम्बर ६ बाट कृष्ण बहादुर के. सी., कल्याणी भुजेल र पातली तामाङ, वडा नम्बर ७ बाट फूर्धावा तामाङ, चन्द्रमाया सुवेदी र बिमला तामाङ, वडा नम्बर ८ बाट मान बहादुर तामाङ, कान्छी तामाङ र रुवी शेर्पा बि. क. र वडा नम्बर ९ बाट राम बहादुर तामाङ, शिवमाया पोखरेल र पाल्छाङ ढोल्मा तामाङ हुनुहुन्छ । सहयोग पाउने परिवारका सदस्यले यस वर्षको दशैंमा खुशी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले खुशी थपिदिएको बताउनु भयो । दशैंका बेला सामान्यत सबै परिवारमा मिठोमसिनो खानेकुराको जोहो हुँदा आर्थिक तथा सामाजिक हैसियत कमजोर भएका, आयआर्जनको अन्य विकल्प नभएको र परिवारको संरक्षणभन्दा बाहिर रहेका परिवारको पहिचान गरी “पर्वमा हाम्रो जनकल्याण” भन्ने नाराका साथ खाद्यन्न सहयोग उपलब्ध गराइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो । सहयोग वितरण कार्यक्रममा सञ्चालक अर्जुन प्रसाद सुवेदी र सूचना अधिकृत पर्वत न्यौपानेको उपथिति रहेको थियो । आगामी वर्ष अरु बढी नागरिकहरुलाई खाद्यन्न सहयोग गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि