३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

६ महिनाअघि परिमार्जन गरिएको नीति सार्वजनिक नभएपछि सरकारको नियतमाथि प्रमुख प्रतिपक्षी र विज्ञकाे आशंका


काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा नीति (रासुनी) २०७५ सार्वजनिक गर्ने भएको छ । अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो ।

६ महिनाअघि परिमार्जन गरिएको नीति सार्वजनिक नभएपछि विभिन्न कोणबाट बहस र छलफल भएका थिए । सरकारको नियतमाथि प्रमुख प्रतिपक्षी र विज्ञले आशंका गरेका थिए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसमा आशंका गर्ने विषय केही नभएको दाबी गरे । यसलाई सरकारले प्रक्रियागत ढंगबाटै सार्वजनिक गर्ने मन्त्री पोखरेलले बताए। ‘हामीले व्यापक छलफल र बहसपछि तयार पारेको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्न कुनै समस्या छैन’, उनले भने ।

केही कानुनी प्रक्रिया मिलाउनुपर्ने भएकाले यसलाई थाती राखेर काम गरिरहेका थियौं’, उनले भने, ‘अब चाँडै सार्वजनिक हुन्छ । यसको सबै पाटो पूरा भएको छ । प्रतिरक्षा नीति बाहिर ल्याइँदैन तर सुरक्षा नीति सार्वजनिक गर्ने नै हो ।’

नेपाली सेना र अन्य सुरक्षा निकायको पुनःसंरचना गर्दै प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिइएको छ । सबै पक्षसँगको परामर्शमा यस्तो नीति सार्वजनिक गर्दा समस्या नआउने भनिएपछि बाहिर ल्याउन लागिएको हो ।

पुरानो सुरक्षा नीति सार्वजनिक रहे पनि परिमार्जित नीति सरकारले गोप्य दस्ताबेजझैं राखेको आरोप लागेको थियो । यही बेला नेपाललाई पनि जोडेर अमेरिकी रक्षा मन्त्रालयले उसको इन्डो–प्यासिफिक रणनीति सार्वजनिक गरेको छ । यसले गर्दा नेपालमाथि सुरक्षा नीति ल्याउन दबाब परेको हो ।

परिमार्जित नीति सार्वजनिक भए सुरक्षाको पछिल्लो पाटो बाहिर आउने विज्ञको धारणा छ। उनीहरूका अनुसार नेपालको भूराजनीतिक अवस्था विश्लेषण गर्न सहज हुनेछ । कानुन मन्त्रालयबाट प्रक्रिया पुर्‍याउँदै नीति छाप्ने काम भइरहेको रक्षा मन्त्रालय उच्च स्रोतले बतायो ।

सेना र प्रहरीमा पुनःसंरचना गर्दै समयानुकूल प्रविधि र तालिमको निरन्तरताका साथै क्षमता र व्यावसायिकता अभिवृद्धि गरिनुपर्ने सुझाव रहेको परिमार्जित नीति सार्वजनिक हुँदा मुलुकको सुरक्षामा खतरा नआउने विश्लेषण पूर्व सैनिक तथा विज्ञको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि