३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

उवासंघ निर्वाचनकाे भित्री रहस्य : चुनाव जित्ने पाैडेलका पाँच तिगडम , यि हुन शंका…


तेजबहादुर बन 


इटहरी / गत शनिबार भएको उदयोग वाणिज्य संघ इटहरीको निर्वाचन अन्तरगत सोमबार सम्पन्न मतगणनाको नतिजाले इटहरीमा एक प्रकारको तरङग ल्यायो ।झट्ट बिश्वास गर्न नसकिने ब्याक्तिको पयानल नै संघको नेतृत्वमा पुगेपछि यत्र तत्र चर्चा हुनु स्वभाविक नै हो ।

करीब २० औ वर्ष देखि इटहरीमै बसेर व्यवसायिको नजिक रहेका चर्चित व्यवसायी अझ त्यो भन्दा बढी पटक पटक निर्वाचनमा समेत भारी मतका साथ बिजयी बन्दै आएका चर्चित व्यवसायी शेलेस बिष्टको प्यानल यो पटकको निर्वाचनमा निल हुनु एक प्रकारको तरङगित ल्याउन लायककै बिषय पनि हो । 

जति पटक चुनावमा हात हाले त्यति नै जित हाशिल गर्दै आएका ब्यवसायी बिष्ट यो पटकको निर्वाचनमा भने अर्का प्रतिद्वन्दि व्यवसायी भिम पौडेलसग नराम्ररी पराजय भोगे। त्यति मात्र नभएर बिष्टको प्यानलमा उभिएका कुनै एक उम्मेद्वारले समेत चुनावमा जित हासिल गर्न नसक्नु त्यो लज्जासपद बिषय बनेको छ ।अहिले सामाजिक सञ्जालमा हेृने हो भने ब्यवसायी बिष्टलाइ कुरी कुरी भन्ने देखि लिएर दुइ तिहाइको दम्भमा फुर्कनेलाइ खुच्चिङ सम्म भन्न भ्याइसकेको अवस्था छ । । 

अघिल्लो समय आफैले घोषणा पत्रमा उल्लेख गरेको बिषयहरू काम गरेर नदेखाउनु , तरहराका व्यवसायीहरूसंग कुनै तालमेल नहुनु अनी इटहरी भित्रै व्यवसायीहरूसंग नजिकिएर पनि उनिहरूको मार्का नबुझिदिनु , समस्या चै सुनिदिने तर सम्बोधन तथा सामधान तर्फ नलगिदिनु यो संगै हालका  प्रदेश सांसद बनेका माननिय निलम बस्नेत अध्यक्ष हुदा प्रभावकारी काम एउटै नहुनु नै अहिलेको निर्वाचनमा बिष्टको हार भएको हो भन्न सकिन्छ । 

त्यसैगरी चुनावी प्रचारमा एक्लै हिडनु , ब्यवसायिहरूकै साथ सहयोग नपाउनु पनि उनको हारको दोश्रो कारण मान्न सकिन्छ । यद्यपी निर्वाचन मत परिणामबाट आएको नतिजाले अबको दिनमा बिष्टले राम्रो पाठ सिकुन र अहिले बिजयी बनेका नयाँ पदाधिकारिहरू संग पनि सहकार्य गरेर इटहरीलाइ नमुना सहरको रूपमा स्थापित गराउन सकुन हाम्रो अपेक्षा छ । 

कसरी चुनाव जिते पौडेलले ?

यो नाम कुनै नयाँ नाम भने पक्कै हैन बिगत २० बर्ष देखि इटहरीमै बसेर व्यवसाय गर्दै आएका चर्चित व्यवसायी हुन भिम पौडेल तर व्यवसायी भन्दा उनलाइ नेपाली कांग्रेसका नेता भनेर धेरैले चिन्ने र मान्ने गरेका छन ।चुनावी प्रचारमा भने जस्तो पौडेल व्यवायीहरूको त्यति नजिक पनि छैनन तर पनि निर्वाचनमा प्रतिद्वन्दि शैलेस बिष्टलाइ भारी मतले हराउदै नयाँ इतिहास बनाए । 

आक्रमक प्रचारशैली 

उनको चुनाव जित्ने मुख्य पाच कारण मध्ये पहिलो हो आक्रमक शैलिमा प्रचार हुनु । उनले स्थानीय तथा राष्ट्रिय पत्रिकाहरूमा चुनाव प्रचार प्रसारलाइ यति तिब्र बनाए जसका कारण रातारात उनि सबैका घर घरमा देखिन थाले । व्यवसायी त के कसैको घर दैलोमा नपुगेका पौडेल पत्र पत्रिका मार्फत इटहरीको कुना काप्चा सबै तिर पुगे यहा सम्म कि उनलाइ कहिले नदेखेका व्यवसायीहरूले पनि उनको तस्विर र उनका जिवनी पढेर उत्साहित बने र निर्वाचनमा पनि राम्रै नतिजा ल्याएर उद्योग वाणिज्य संघको अध्यक्ष बने । 

गैर ब्यपारीको भोट 

जब उद्योग वाणिज्य संघको निर्वाचनको चर्चा चल्न थाल्यो तब देखि नयाँ व्यवसायहरू भटाभट दर्ता हुन थाले दर्ता भएका अधिकांस व्यसायीहरू इटहरीका भने थिएनन पौडेलले आफ्नै लगानीमा करीब ३ सय नयाँ व्यवसायीहरू उद्योग वाणिज्य संघमा भित्र्याए यहि शैलि अर्का प्रतिद्वन्दि बिष्टले पनि नगरेका चै हइनन उनले पनि ५० भन्दा बढी ब्यवसायीहरू भित्र्याए ।

जब निर्वाचन सुरू भयो पौडेलले आफ्नो पक्षका मतदाताहरू लिन सफारी देखि मोटरसाइकलमा समेत घर घर पठाएर भोट हाल्न ल्याए तर बिष्ट पक्षले आफु जितिहालिन्छ भन्दै कुनै चासै राखेनन् ।

यसो गरिदा नयाँ व्यवसायीहरूले प्राथमिकता पाए भोट हाले तर पुराना ब्यवसायीहरूलाइ सोधि खोजि गरिएन यहा सम्म निर्वाचन स्थलमा भोट हाल्न पुगेका व्यवसायीहरूले आफ्नो दर्ता गरेको व्यवसाय संघको लिष्टमा भेटेनन् र निरास भएर कति फर्किए कतिले खोजी गरी भोट हाल्न पाए । तर अनुमान लगाउन सकिन्छ धेरै जसो ब्यवसायहरू भोट हाल्न जादै गएनन् । 

ब्यवसायिक भन्दा राजनीतिकरण बढी 

चुनावी समयमा पौडेल पक्षमा राजनीतिकरण बढी देखियो । उनलाइ ब्यवसाय भन्दा नेपाली कांग्रेसको नेता मानेर प्रचार अघि बढाइयो । त्यो संगै हाँसपोसा , पकली र इटहरीभित्र पनि ब्यपाक राजनीति तवरले प्रचार हुन पुग्यो । फल स्वरूप चुनावमा व्यवसायिक भोट भन्दा राजनीतिक तवरले भोट बढी पौडेल पक्षमै खनियो र नतिजा अगाडी छर्लङग छ । 

मेयर र उपमेयरको बक्तव्य

बिष्टले यो पटकको निर्वाचनमा पराजय भोग्नुको अर्को कारण इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमको अभिब्याक्तिलाइ पनि थोरै बिवादमा ल्याइएको छ । मेयरले लविपुरमा पुगेर महिलाहरूकै माझ अभद्र बोलिदिनु र उपमेयरले निर्वाचनको समयमै गैर अभिब्याक्ति दिनुले पनि बिष्ट पक्षलाइ असर गरेको हो कि भनेर अनुमान लगाउन सकिन्छ । फलस्वरूप दुइ तिहाइको दम्भ पोख्नैपर्छ भन्ने अभिब्याक्ति तयो बेला पनि बाहिरिएकै थियो र चुनावको नतिजाले पनि त्यस्तै देखाइदियो । 

नेतृत्वमा नयाँ अनुहार 

बिगत ८ वर्ष देखि नेतृत्वमा रहदा पनि बिष्टको प्यानलले इटहरीको मुख्य तिन बिषय कहिले पार लगाउन सकेनन् त्यो थियो । १ घर बहाल कर , २ घरभाडा आतंक र ३ इटहरी बन्दमुक्त क्षेत्र घोषणा यि ३ कुराबाट ब्यपारी अक्रान्त बने । गुनासो जति सबै बोक्ने र लगेर टेवलमा थन्क्याउने पुरानो नेतृत्वबाट यस्तै मात्र भयो । 

तर यो पटक इटहरीका व्यसायीहरूले नयाँ अनुहार भएमा उम्मेद्वारप्रति चासो बढाएको देखियो । इटहरीको लागि पुरानै अनुहार तर नेतृत्वमा नयाँ अनुहारको खोजि भएको निर्वाचन मत परिणामले देखाउछ । यहाका व्यवसायीहरूले अहिलेको नेतृत्वबाट धेरै आस र भरोसा पनि गरेको देखिन्छ ।  पुरानोबाट इटहरीको ब्यापार व्यवसायमा खासै परिवर्तन नदेखेपछि नयाँ नेतृत्वको खोजि गरेर भोट मार्फत नयाँलाइ नै जिताएको हो भन्न सकिन्छ । 

यि हुन शंकाको बाटो 

उद्योग वाणिज्य संघमा अहिले नेतृत्वकालागि चुनिएका अधिकांस पदाधिकारीहरू पनि इटहरी भित्रकै व्यवसायीहरू हुन । यो भन्दा अगाडी ब्यवसाय मात्रै गरेर बसेका थुप्रै नयाँ अनुहारहरू नेतृत्वमा पुग्दा काम गर्लान त भन्ने शंका अहिले शंका पनि त्यतिकै उब्जिएको छ ।

एक त ब्यवसायीहरूसंग नजिक नभएका र कुनै भिजन नै नभएका ब्याक्तिहरू पनि नेतृत्वमा पुग्दा भोलि व्यवसायीहरूको समस्या सामधान गर्न कतिको सक्षम होलान त भन्ने अर्को शंका पनि उब्जि रहेको छ । धेरै जसो त आफ्नै ब्यवसायमात्रै समहाल्दै आइरहेका छन त्यो अवस्थाका ब्याक्तिहरूले इटहरीका अन्य ब्यवसायका समस्या सुन्देलान रु ब्यवसायीहरूको समस्या सामधानका लागि उनिहरूले समय निकालेर टेबल बैठक गृन सक्लान रु यो प्रश्न अहिलेको नेतृत्वमा उठिरहेको छ । 

अन्त्यमा 

सम्पन्न उदयोग वाणिज्य संघको निर्वाचन र मत परिणामबाट बिजयी बन्दै नेतृत्वमा पुगेका नया पदाधिकारीहरूले इटहरीमा रहेका सम्पूर्ण व्यवसायीहरूको भावना अनुसार काम गर्न सकुन । नेतृत्वमा पुग्न जति मुस्किल छ त्यति नै टिक्न र काम गरेर देखाउन पनि गाह्रो छ तसर्थ आफुहरूले गरेको बाचा अनुसार काम गरी आगामि दिनहरूमा इटहरीलाइ प्रदेश एककै मात्र नभइ नेपालकै नमुना शहरको रूपमा स्थापित गर्न सकुन । अहिलेको नेतृत्वलाइ फेरी पनि शुभकामना ।।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि