२९ बैशाख २०८१, शनिबार / Sat May 11, 2024

देउवालाई एक्ल्याउन आलोचक नेताको साझा बैठक, को को थिए बैठकमा ?


कांग्रेसमा सभापति शेरबहादुर देउवाविरोधी फरक–फरक समूहले साझा बैठक गरेका छन् ।

उनीहरूले वडादेखि प्रदेशसम्म गठन हुनुपर्ने विधानअनुसारका संरचनालाई निर्वाचनबाटै पूरा गर्नुपर्ने विषयमा अडान लिने सहमति गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।

नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुजाता कोइरालासहितको बैठकले केन्द्रीय समितिमा साझा विषय उठाउने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक २२ असारमा बस्दै छ । देउवा समूहबाहेकका शीर्ष नेताहरूले नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीको निवास सामाखुसीमा छलफल गरेका थिए । बैठकमा उदयपुरका सभापति विदुर बस्नेत र रोल्पाका सभापति अमरसिंह पुन पनि सहभागी थिए ।

नेता रामचन्द्र पौडेलले केही जिल्ला सभापतिहरूले छलफल गर्न चाहेपछि आफूहरू बैठक बसेको जानकारी दिए । सभापति देउवासँग समय बढाउने विशेष अवस्था नरहेको भन्दै १४औँ महाधिवेशनअन्तर्गत सदस्यता वितरणदेखि तल्लो तहका अधिवेशनमा लाग्नुपर्ने विषयमा छलफल भएको पनि उनले बताए ।

‘हामी २२ असारमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफलमा बसेका हौँ,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘पार्टीका वडादेखि प्रदेश तहसम्मका संरचनालाई पार्टी केन्द्रले हस्तक्षेप गरी आफूअनुकूलका संरचना बनाउन खोजेकोप्रति हाम्रो असन्तुष्टि हो । तदर्थ र मनोनीत समिति हामीलाई स्वीकार्य छैन ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि