२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

पाल्पाको रिडीघाटमा दाहसंस्कार गर्नै लाग्दा महिला ब्युँतिएपछि …….


पाल्पा÷पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना घटेको छ ।
रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएकी छिन् । ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अघ्र्यजलका लागि पु¥याएका थिए ।
अघ्र्यजल घाटमा राखी आफन्तले अन्य तयारी गरिरहँदा मृत्यु भएकी भनिएकी ज्ञवाली चलवलाएपछि गुल्मीको रिडी प्राथमिक उपचार केन्द्रमा पु¥याइउको छ । उपचार केन्द्रमा चेकजाँचको क्रममा नर्मदाको नाडी र मुटुको धड्कन चलेपछि थप उपचारको लागि परिवार तथा आफन्तले तानसेनको लुम्बिनी मेडिकल कलेजमा ल्याए ।
अहिले उनको आईसीयू भेन्टिलेटरमा राखी उपचार भइरहेको जनाइएको छ । साथै ज्ञवालीको अवस्थामा सुधार आएको, नाडी र मुटुले काम गरेको, अक्सिजन पुगेको, शरीरबाट ब्याक्टेरिया झिक्ने काम भइरहेको आफन्तले बताएका छन् ।

यस्तो भएको थियो घटना
उक्त क्षेत्रमा असार २५ गते झाडापखाला प्रकोप फैलिएसँगै नर्मदा पनि बिरामी भएपछि उपचारको लागि मिसन अस्पताल तानसेनमा भर्ना भएकी थिइन् । अस्पतालमा उपचारको क्रममा झाडापखालासँगै नर्मदालाई निमोनिया तथा फोक्सोमा संक्रमण भएको पाइयो । उपचारको क्रममा शरीरभरी व्याक्टेरिया फैलिएको र हरेक दिन नाजुक हुँदै गएको थियो । बिरामीलाई मिर्गाैलामा समस्या देखिएको भनियो ।
बिरामीको अवस्था गम्भीर रहेको भन्दै मिर्गाैलाको उपचार यहाँ नहुने जानकारी अस्पतालले परिवारलाई दियो । बिरामी ज्ञवालीका आफन्तले भने बिरामीलाई निको नहुने, अक्सिजन दिँदासम्म मात्र बाँच्ने भनेपछि डिस्चार्ज मागेर मिसनकै एम्बुलेन्समा बिरामी राखेर सिद्देश्वर पु¥याइएको थियो ।
उनका श्रीमान सुर्य ज्ञवालीसहित आफन्तकै सल्लाहमा उनलाई नबाँच्ने भन्दै घाट लैजाने भनि एकचौटी रिडी घाटमा पु¥याइएको थियो । झाडापखालको बिरामीको रुपमा भर्ना भएकी नर्मदाको उपचारका क्रममा शरीरमा अन्य रोग समेत भेटिएपछि अन्तिम अवस्थामा पुगेको उनका आफन्तहरुले बताएका छन् ।
साउन ६ गतेसम्म आइपुग्दा उनको मिर्गौला डाइलासिस गर्नुपर्ने आपतकालिन अवस्था आएकोले परिवारलाई जानकारी अस्पताल प्रशासनले जानकार दिएको थियो । प्रशासनका अनुसार अस्पतालले डिस्चार्ज नदिए पनि आफन्तले जबर्जस्ती लगेका थिए । अहिले भने उनको उपचार खर्च गाउँपालिकाले गरिदिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि