३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

मौद्रिक नीति सार्वजनिक, बैंकहरुलाई मर्जरमा जान सहज


नेपाल राष्ट्र बैंकले आथिर्क वर्ष २०७६÷७७ को मौद्रिक नीति सार्वजनिक गरेका बुधबार सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन्, मौद्रिक नीतिले बैंकहरुलाई मर्जरमा जान सहज गर्ने नीति लिएको बताइएको छ । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्थापन गरिने पनि नीतिमा उल्लेख गरिएको छ । मौद्रिक नीतिमार्फत विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएको छ । सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नितिगत व्यवस्था गरिने विषय पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ । प्राथमिकता प्राप्त कर्जाको सीमा यथावत राखिएको छ ।


डा. नेपालले २०७७ असार समान्तसम्म मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार गरे कुलिङ पिरियड हटाउने, अनिवार्य भनिएका ठाउँमा लगानी गर्न बाध्य नबनाउने, ऋणपत्र अनिवार्य जारी गर्न बाध्य नबनाउने लगायत विविध सहुलियत प्रदान गरिएको छ ।
बैंकहरुलाई मर्जरका लागि प्रोत्साहन स्वरुप प्राथमिकता प्राप्त क्षेत्रमा गरिनुपर्ने न्युनतम् लगानी २०७८ असार मसान्तसम्म कायम गरे हुने, २०७८ असार मसान्तसम्म स्प्रेड दर ४.४ कायम गरे हुने, शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, कार्यकारीहरुलाई कुलिङ पिरियड लागू नहुने, ऋणपत्रमा गरिनु पर्ने लगानी २०७८ असार मसान्तसम्म गरे हुने जस्ता अफरहरु राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि