३ जेष्ठ २०८१, बिहिबार / Thu May 16, 2024

रौतहटमा फेरि बाढी – कति जुनिसम्म तराईबासीले डुबान खेपिराख्नु पर्ने हो ! कोशी ब्यारेज ढोकाहरुको साँचो कहिले सम्म भारतलाई जिम्मा लगाई राख्ने हो सरकार ?


मिडिया क्लब संवाददाता – रौतहट

भारतले लगाएको उच्च बाँध र अग्ला सडकले गर्दा वर्षेनी नेपालको तराई क्षेत्रका धेरै भू–भाग डुबानमा पर्ने गरेका छन् । असारे विकासका लागि हिमाल, पहाड, तराईका क्षेत्रहरुमा बाढी, पहिरो जस्ता प्रकोपको त्रास बढिरहेको छ ।
यो वर्ष मौसम परिवर्तनमा आएको उत्तरचढावका कारण झनै धेरै बाढी तथा डुबानको त्रासमा जनता बस्नुपरेको छ । गत असार २८ मा आएको बाढीबाट प्रभावित भएको जनजीवन सामान्य हुन नपाउदै फेरी रौतहटमा बाढी आएको छ । पहाडी क्षेत्रमा केही दिनदेखि परेको वर्षाका कारण रौतहटको लालबकैया नदीमा बाढी आएको हो ।


पूर्वमा रहेको बाग्मती नदी अहिले केही सामान्य देखिए पनि लालबकैयामा भने पानीको वहाव उच्च रहेको छ । २८ असारमा आएको बाढीले बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुटाएको थियो । ती बाँध मर्मत हुन नपाउदै दोस्रो पटक आएको बाढीले स्थानीयझनै चिन्तित भएका छन् ।
गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत सवगढामा रहेको लच्कामा पानीको वहाव निकै तीब्र भएपछि साना सवारी साधनहरुको आवागमन रोकिएको छ । सो स्थानमा नेपाली सेनाले स्थानीयलाई बाटो पार गर्न सहयोग गरिरहेका छन् ।
देशका विभिन्न क्षेत्रमा लगातारका बाढीका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि