६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

‘छमछम’ बोलको तीज गीत बजारमा


मिडिया क्लब संवाददाता – काभ्रे

हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकै गर्दा म्युजिक बजारमा नयाँ नयाँ सिर्जनाहरु आइरहेका छन् ।
यसै क्रममा ‘छमछम’ बोलको तीज गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । स्मृति बजगाईं, विक्रम गौतम, भुवन दुलाल, रिता थापाको संयुक्त स्वरमा रहेको उक्त तीज गीत डि.ए.आर. मुभिज एण्ड फिल्म इण्डष्ट्रिजले बजारमा ल्याएको हो ।
कमल सरगमको शब्द रचना तथा विक्रम गौतमको लय रहेको उक्त गीतमा आयुष्मा कार्की, र्यावन कर्मचार्य, स्मृति बजगाई, विक्रम गौतमको अभिनय रहेको छ ।
सुनिल मोक्तानको निर्देशनमा तयार पारिएको गीतका दृश्य सुरेश काफ्लेले क्यामेरामा कैद गरेका हुन् भने मेकबहादुर थापाले भिडियो सम्पादन गरेका हुन् ।
भिडियो हेर्न यो लिंकमा जानुहोस्
https://www.youtube.com/watch?time_continue=1&v=fkmpYyrvRqg

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि