४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

क्यापिटल वानबाट १० करोड ६० लाख जनाको सूचना चोरी


मिडिया क्लब नेपाल । काठमाडौं

अमेरिकामा वित्तीय सेवा दिने अग्रणी फर्म क्यापिटल वानलाई निशाना बनाएर गरिएको ह्याकिङमा १० करोड ६० लाख मानिसको सूचना चोरी भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसमा अधिकांश अमेरिका र क्यानडाबासी छन् ।
कथित ह्याकर पेज थाम्प्सनलाई सोमबार गिरफ्तार गरिएको छ, जतिबेला उनी एक अनलाइन फोरममा आफ्नो कामबारे बताइरहेकी थिइन् ।
क्यापिटल वानकाअनुसार चोरी भएको डाटामा नाम, ठेगाना, फोन नम्बर छन् । तर ह्याकर क्रेडिट कार्ड नम्बरसम्म पुग्न नपाएको उसले बताएको छ ।
यो डाटा चोरीलाई बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मानिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
क्यापिटल वान अमेरिकाको बसेभन्दा ठुलो क्रेडिट कार्ड जारी गर्ने कम्पनी हो र यसले अहिले रिटेल बैंक पनि चलाउँछ । फर्मले सोमबार विज्ञप्ति जारी गर्दै यो घटनाबाट अमेरिकाका १० करोड र क्यानडाका ६० लाख मानिस प्रभावित भएको बताएको छ । उसका अनुसार अमेरिकामा करिव डेढ लाख सोसल सेक्युरिटी नम्बर र ८० हजार बैंक एकाउन्टको डाटा चोरी भएको छ ।
क्यानडामा भने क्यापिटल वानको क्रेडिट कार्ड उपभोक्तासँग सम्बन्धित करिव १० लाख बीमा नम्बरको सूचना चुहिएको छ । यो ह्याटिङबारे १९ जुलाईमा थाहा भएको थियो । नाम र अन्य जानकारीका साथै ह्याकरले क्रेडिट स्कोर, लिमिट, ब्यालेन्स, पेल्मेन्ट हिस्ट्री र सम्पर्क सूचना पनि लिन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि