१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

३१ प्रकाश वर्ष टाढा पृथ्वीजस्तै ग्रह


मिडिया क्लब नेपाल

विज्ञानसम्बन्धी अध्ययन गर्ने नासाले अनुसन्धान सुरु गरेको एक वर्षपछि ३१ प्रकाश वर्ष टाढा एक ग्रह भेट्टाएको छ ।
उक्त ग्रह पृथ्वीजस्तै भएको नासाले बताएको छ । त्यहाँ जीवनको संभावना भएको बताइएको छ ।
नासाको अनुसन्धानमा सहयोग गरिरहेको भू–उपग्रहले इक्जो–प्लानेट अर्थात् सौर्यमण्डलभन्दा बाहिर भएको ग्रह भेट्टाएको हो ।
उक्त ग्रह सौर्यमण्डलका ग्रहजस्तै भएको जनाइएको छ। उक्त ग्रहले समेत सौर्यमण्डलमा रहेका ग्रहजस्तै एक तारालाई परिक्रमा गर्दछ ।
जसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ त्यसरी नै भेटिएको नयाँ ग्रहले तारालई परिक्रमा गर्ने जनाइएको छ ।
नासाले एक वर्षदेखि पृथ्वीको दक्षिणी आकाशबाट अनुसन्धान गरिरहेको थियो। सौर्यमण्डलभन्दा बाहिर पनि ग्रह भएको अनुमानपछि यो अनुसन्धान थालिएको थियो ।
३१ प्रकाश वर्ष टाढा ग्रह भेटिएपछि यसले सौर्यमण्डलजस्तै अन्य तहहरु भएको पत्ता लागेको छ । यस्ता ग्रहहरु कैयौं हुने अनुमान गरिएको छ। अनुसन्धान जारी राखिएको छ ।
अहिले भेटिएको ग्रह पृथ्वीजस्तै भएको जनाइएको छ । त्यहाँ जीवन भएको अनुमान गरिएको छ । उक्त ग्रहले एम–ड्वार्फ तारालाई परिक्रमा गर्दछ। यसलाई जीज ३५७ नाम दिइएको छ ।
यो ग्रह पृथ्वीभन्दा ८० प्रतिशत ठूलो भएको जनाइएको छ । यस्ता ग्रहहरु कैयौं रहेको वैज्ञानिकहरको भनाइ छ। केही वैज्ञानिकले यस ग्रहलाई सुपरअर्थ पनि भनेका छन् । (एजेन्सी सहयोगमा)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि