२ जेष्ठ २०८१, बुधबार / Wed May 15, 2024

मुख्य मन्त्रीलाई महंगो मोटर मोह !


मिडिया क्लब नेपाल । पोखरा

गण्डकी प्रदेशका मुख्य मन्त्री चढने २ करोड ५० लाखको ल्याण्डक्रुजर गाडि

मुख्य मन्त्री गुरुङ भन्छन् – थोत्रो गाडी दिएर अपमान गरेकाले २ करोड ५० लाखको ल्यान्डक्रुजर किनें

नेपालमा संघीयता आएपछि समृद्धि नेपाल बन्छ भन्ने आशा थियो, यो आशा अहिले नेताहरुको गलत कार्यशैलीले मर्दै गएको छ । जनताको प्रतिनीधित्व गरेर आएका तीनै तहका जनप्रतिनीधिहरुको सामन्ती र सङ्किर्ण सोचका कारण जनताको नजरबाट संघीयता र सरकारमाथि अविश्वास बढ्दै गएको छ, देशको अर्थतन्त्र पनि धराशायी बन्दै गएको छ ।
गण्डकी प्रदेशकै कैयौं दुर्गम गाऊँमा अmझैसम्म पनि जनता सामान्य सिटामोल नपाएर मरिरहेका छन् । यता संघीयताका हिमायती भनिएकाहरू महंगो मोटर चढ्न पाईन भनेर रुवाबासी गर्दैछन् ।

राज नेताहरु महंगो गाडि चढ्छन्, जनतालाई एम्बुलेन्स छैन

गत आर्थिक वर्षमा गाडी खरिदको होडमा अन्य प्रदेशभन्दा गण्डकी पछाडि रह्यो तर सबैभन्दा महंगो गाडी चढ्नेमा चाहिँ मुख्यमन्त्री गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ नै सबैभन्दा अगाडि रहे । मुख्यमन्त्री पृथ्वीसुब्बा करिब २ करोड ५० लाखको गाडीे चढ्छन् । गुरुङ मुख्यमन्त्री भएपछि प्रदेश सरकारले ल्यान्डक्रुजर किनेको हो ।
प्रदेश सरकारका मन्त्रीहरु सुविधाभोगी बनेको भन्दै धेरैले आलोचना गरेका छन् भने कतिले त संघीयतामाथि नै प्रश्न उठाएका छन् । तर उता मुख्यमन्त्री गुरुङ भन्छन् – ‘केन्द्रमा बस्नेहरुले अपमानजनक व्यवहार गरेकाले महंगो गाडी किनेको हुँ ।’
काठमाडौं जाँदा केन्द्रमा बस्नेहरुले अपमानजनक व्यवहार गरेको बताउने मुख्यमन्त्री गुरुङको घटना चाहिँ यस्तो रहेछ (उनकै शब्दमा) –
“प्रधानमन्त्रीको नेतृत्वमा बस्ने बैठकमा भाग लिन पोखराबाट काठमाडौं गएँ । एयरपोर्टबाट गौशला हुँदै जाँदै थिएँ । गौशला नुपग्दै गाडी बन्द भयो । गौशालाको प्रहरी कार्यालयमा मैले चिनेको एक जना डीएसपी थिए । उनलाई बोलाएर, उनैले पिकप गरिदिएर म बैठकमा पुगें । यस्तो अपमानजनक व्यवहार भएपछि म चाहिँ यीनीहरूकै सामु ल्यान्डक्रुजर गाडी चढेर आउँछु भनेर मैले चढेको हो । नत्र मलाई ल्यान्डक्रुजर, प्राडो चढ्ने इच्छा थिएन ।”
मुख्यमन्त्री गुरुङले काठमाडौं जाँदा ३ जना पनि नअट्ने थोत्रो गाडी दिने गरेको गुनासो गर्दै भने – ‘हामी जाँदा जहिले पनि राष्ट्रिय झन्डा नभएको सानो, थोत्रो गाडी दिने । यसरी अपमानकै कारण ल्यान्डक्रुजर किनेँ ।’

संघमा बस्नेको धेरै मोजमस्ती गरेको गुरुङको आरोप

गण्डकी प्रदेशका मुख्यमन्त्री पृग्वीसुब्बा गुरुङ

प्रदेश सरकारका मन्त्रीहरु सुविधाभोगी भन्नु पूर्वाग्रहमात्रै भएको बताउने मुख्यमन्त्री गुरुङले प्रदेशका मन्त्रीहरुको कार्यालय र आवास समेत व्यवस्थित नरहेको भन्दै उनले संघ सरकारमा बस्नेहरूले गरेको मोजमस्ती कसैले नदेखेको गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि