४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

यमनको क्षेप्यास्त्र आक्रमणमा ७० सैनिक मृत्यु


एजेन्सीको सहयोगमा मिडिया क्लब नेपाल । यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तिमा ७० सैनिक मारिएका छन् ।
मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ ।

आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ । यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गरेका छन् ।
यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसअघिका यस्तै क्षेप्यास्त्र आक्रमणहरुमा भने हुथी विद्रोहीहरुले जिम्मेवारी लिने गरेका थिए ।

सन् २०१४ देखि देशको अधिकांश भाग कब्जामा लिएको हुथी विद्रोही विरुद्ध राष्ट्रपति हादीलाई सन् २०१५ देखि साउदी अरबको गठबन्धन सेनाले समर्थन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि