२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

१० हजार जनासँग सेक्स गर्ने यी महिला पाइलट


एजेन्सी । हाम्रो समाजमा ‘एक नारी ब्रम्हचारी’ भन्ने मान्यता छ । तर पछिल्लो समयमा कतिपयले बहुपुरुष या महिलासँग यौन सम्बन्ध राखेका खुलासाहरू गर्न थालिसकेका छन् । यसलाई धेरैले विदेशी गलत संस्कृतिको प्रभावका रूपमा हेर्ने गरेका छन् ।

अस्ट्रेलियामा एक महिलाले आफूले १० हजार मानिससँग यौन सम्बन्ध कायम गरेको बताएर चर्चामा आएकी छन् । ४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले आफ्नो पुस्तक ‘द सेक्रेट ट्याबु’ नामको किताबमा सो खुलासा गरेकी हुन् ।

यौनकर्मी पेसामा रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौन पेसामा रहँदा १५ वर्षमा आफूले हासिल गरेका अनुभवलाई सो किताबमा लेखेकी छन् ।
सो किताबमा उनले आफूले १० हजार मानिससँग यौन सम्बन्ध राखेको उल्लेख गर्दै एक सफल यौनकर्मी बन्ने टिप्ससमेत उल्लेख गरेकी छन् ।

आफूमाथि सामूहिक बलात्कार भएपछि उनले यौन पेसा अँगाल्ने निर्णय गरेकी थिइन् । आफ्नो पहिलो किताबमा उनले आफ्नो जीवनका उतार चढावका बारे उल्लेख गरेकी छिन् ।
उनले यौन पेशा छाडेर व्यावसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौनपेसामै लागेको समेत बताएकी छन् । उनी अहिले यो पेसामा छैनन् । जवान महिला मात्रै यो पेसामा टिक्न सक्ने बताउने उनी हाल परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि