२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

सहकारीको ‘दोहोरो सदस्यता’ सम्बन्धी प्रावधान खारेजीको माग गर्दै सर्वाेच्चमा रिट


मिडिया क्लब नेपाल, काठमाडौं । सहकारी संस्थामा दोहोरो सदस्यता अन्त्य सम्बन्धी कानूनी प्रावधान खारेजीको माग गर्दै सर्वाेच्च अदलतमा रिट दायर भएको छ ।
सहकारी ऐन, २०७४ मा रहेको उक्त कानूनी प्रावधान विरुद्ध सर्वाेच्च अदातलमा आज रिट ९रिट नं. ०७७–ध्ऋ–००१५० निवेदन दायर भएको हो ।
नेपालको संविधान, २०७२ को धारा २५ सँग सहकारी ऐनको दफा, ३२ ९१० मा उल्लेखित कानुनी व्यवस्था बाँझिएकोले उक्त दफा खारेजीको माग गर्दै रिट दायर गरिएको बताइएको छ । अधिवक्ता अर्जुनकुमार अर्याल र शकुन्तला भुषालले उक्त रिट दायर गर्नुभएको हो ।
मुद्दाको पेशी असोज २८ गतेलाई तोकेको छ । यस मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुनेछ ।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहकारी विभागलाई विपक्षी बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि