५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

बिहिबार ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना कोरोनामुक्त


काठमाडौं । देशभरबाट पछिलो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा ३७४९ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन् ।
यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि