४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

धनगढीमा होटलबाट ३ युवतीसहित ७ जना पक्राउ


धनगढी । धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती गएको टोलीले गएराति धनगढी बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैला सहित ७ जनालाई पक्राउ गरिएको बताएको छ ।
बेचविखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा मार्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । होटलबाट १७, १८ र १९ वर्षिया युवती र होटल सञ्चालक बडैलासहित चार जना पुरुषलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि