५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

केयूमा शुल्कको विरोधमा विद्यार्थीको ‘रिले अनशन’, विश्वविद्यालय प्रशासन मौन


धुलिखेल । काठमाडौं विश्वविद्यालयमा विगत केही समयदेखि शुल्कको विषयमा विवाद हुँदै आएको छ ।
गएको आठ महिनादेखि विश्वविद्यालयमा नियमित पठनपाठन नभए पनि विश्वविद्यालय प्रशासनले शुल्क तिर्न विद्यार्थीहरूलाई ताकेता गरेपछि विद्यार्थीहरूले ‘रिले अनशन’ सुरु गरेका हुन् ।

गत असोज २२ गते विश्वविद्यालयले सूचना प्रकाशन गर्दै शुल्क भुक्तानी गर्न भनिसकेको थियो । रिले अनशनमा सहभागीमध्ये स्कुल अफ इन्जिनियरिङका प्रतिनीधि शैलेश मिश्रका अनुसार विश्वविद्यालय प्रशासनलाई पटकपटक अनावश्यक शुल्क नलिन आग्रह गरेका बताएका छन् । विद्यार्थीसँग विभिन्न समयमा सम्झौताहरु भएपनि ती सम्झौताको वास्ता नै नगरी विश्वविद्यालय शुल्क उठाउन मात्र लागेको ती प्रतिनीधिले बताएका छन् ।
अनलाइन कक्षा सञ्चालन गर्दा पनि सबै शुल्क तिर्न विश्वविद्यालयले निकालेको सूचना अर्थहीन रहेको विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरूले २०७७ असोज २२ गते निकालिएको सूचना खारेज गर्नुपर्ने, विद्यार्थीहरुबाट शिक्षण शुल्कमात्र लिनुपर्ने, ढिलो शुल्क बुझाउँदा लाग्ने चार्ज कोभिडको अवधीसम्म नलिनुपर्ने जस्ता मागहरु राख्दै रिले अनशन बसिरहेका छन् ।

रिले अनशनको सहजीकरण स्कुल अफ इन्जिनियरिङबाट शैलेश मिश्र, स्कुल अफ साइन्सबाट सृजना श्रेष्ठ, स्कुल अफ म्यानेजमेन्टबाट शायना शाक्य, स्कुल अफ लबाट सादाब खानले गरिरहेका छन् ।
‘तोकिएको समयमा विश्वविद्यालय प्रशासनले आधिकारिक धारणा नदिए माथिल्लो निकायमा दबाबमुलक आन्दोलनमा उत्रनेछौ, यसबाट आउने जटिल स्थितिको जिम्मेवार विश्वविद्यालय प्रशासन नै हुनेछ ।’ एक प्रतिनीधिले भने ।
विश्वविद्यालयको मागको उचित सम्बोधन नगरेसम्म अनशन जारी राख्ने ती प्रतिनीधिहरूले मिडिया क्लब नेपाललाई बताएका छन् ।
उक्त रिले अनशनमा विश्वविद्यालयका विद्यार्थी संगठनहरुले पनि ऐक्यबद्धता जनाएका छन् । नेपाल विद्यार्थी संघ, काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस समितिका अध्यक्ष उज्वल प्रधान, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य शौरभजंग थापा लगायतको सहभागिता रहेको छ ।
अहिलेसम्म विश्वविद्यालय प्रशासनका तर्फबाट यसबारे आधिकारिक धारणा आएको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि