२६ मंसिर २०८२, बिहिबार / Thu Dec 11, 2025

शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक (हेर्नुहोस भिडियो)


काठमाडौं । गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश वैदेशिक रोजगारका लागि विदेशिनु पर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नु परेको कथा, व्यथा समेटेर तयार पारिएको गीतमा मुना मदनको कथाको झझल्को आउँछ ।
गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको गीतमा संगीत संयोजन गीतार मञ्जिल विक्रम के.सी.को रहेको छ भने कलाकारहरु सन्दीप श्रेष्ठ र अनु थापा मगरले अभिनय गरेका छन् ।
गीतको छायांकन ज्ञान चौलागाईंले गरेका हुन भने भिडियो निर्देशन तथा सम्पादन नवीन भट्टको रहेको छ । यसलाई फोरक्युव इन्टरटेन्मेन्ट्बाट निर्माण गरिएको हो ।
गीतको भिडियोलाई डि.ए.आर. मुभीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि