३१ बैशाख २०८१, सोमबार / Mon May 13, 2024

‘राष्ट्रसंघबाट गाँजामाथिको प्रतिबन्ध फुकुवा, अभियान्ताहरु खुशी !’


काठमाडौ । संयुक्त राष्ट्रसंघले लागूऔषधको सूचीमा रहेको गाँजालाई औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राखेपछि प्रतिबन्ध फुकुवा गर्ने बाटो खुलेको भन्दै अभियान चलाउने सांसदहरुले खुसी व्यक्त गरेका छन् ।
सांसद शेरबहादुर तामाङ, बिरोध खतिवडा र प्रदेश सांसद केशव स्थापित लगायतले गाँजा लागू औषध नभएको भन्दै अभियान चलाउँदै आएका थिए । उनीहरुले नेपालमा गाँजाको व्यावसायिक खेती नै गरेर विदेश निर्यात गरी पर्याप्त आर्थिक उपार्जन गर्न सकिने भन्दै गाँजाको प्रतिबन्ध फुकुवा गर्न लबिङ गरिरहेका छन् ।
राष्ट्रसंघले मतदानबाटै गाँजा लागू औषध नभई औषधीय वनस्पतिको मान्यता दिएपछि आफूलाई एकदमै खुशी लागेको सांसद केशव स्थापितले मिडिया क्लब नेपाललाई बताए । पूर्वमन्त्री तामाङले अब नेपालमै कानून बनाएर प्रतिबन्ध फुकुवा गर्दै नियमनको बाटोमा जानुपर्ने बताएका छन् । यसअघि सांसद तामाङले गाँजामाथिको प्रतिबन्ध फुकाउन र नियमनको कानूनी व्यवस्था गर्न संसदमा गैरसरकारी विधेयक दर्ता गराएका थिए ।
गाँजाको प्रतिबन्ध हटाउनेबारे अन्तर्राष्ट्रिय रूपमै बहस भइरहेका बेला विश्व स्वास्थ्य संगठनले ३ वर्षअघि संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै गाँजालाई लागूऔषधको सूचीबाट हटाएर औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राख्न आग्रह गरेको थियो । राष्ट्रसंघले यसको प्रक्रिया टुंग्याउँदै बहुमतका आधारमा गाँजालाई औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राखेको हो । नेपालले गाँजालाई लागूऔषधको सूचीबाट हटाउने प्रस्तावको पक्षमा मतदान गरेको थियो । मतदानमा गाँजा औषधी रहेको पक्षमा २७ र बिपक्षमा २५ मत परेको थियो । नेपालले औषधीय गुण रहेको पक्षमा मतदान गरेको हो ।
२०२८ सालमा विदेशी रक्सी कम्पनीहरुले नेपालको सरकारसँगै लबिङ गरेर गाँजामाथि प्रतिबन्ध लगाउन लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि