५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘केयूमा उपकुलपतिका लागि माकजू, थापा र लुईंटेललाई सिफारिस’


धुलिखेल । काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका ४४ जना आकांक्षीमध्ये तीन जनाको नाम प्रधानमन्त्री (कुलपति) समक्ष सिफारिस गरिएको छ । मन्त्रिपरिषद्ले सिफारिस भएका मध्येबाट एक जनालाई उपकुलपति नियुक्ति गर्नुपर्ने प्रावधान छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना रहनुभएको उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ ले वर्तमान उपकुललपति प्रा.डा. रामकण्ठ माकजु, विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. भोला थापा र शिक्षाविद प्रा.डा. बालचन्द्र लुइँटेललाई सिफारिस गरेको हो ।
विश्वविद्यालयको उपकुलपति छनोटका लागि पहिलो पटक आवेदन आह्वान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि