४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

‘भागरथी भट्ट प्रकरण : घाँटी थिचिएर मृत्यु भएको पोस्टमार्टम प्रतिवेदन’


बैतडी । बैतडीमा बिहीवार शव भेटिएकी १७ वर्षी भागरथी भट्टको पोस्टमार्टम प्रतिवेदन प्रहरीलाई बुझाइएको बताइएको छ ।
बैतडी अस्पतालले दिएको जानकारी अनुसार प्रहरीलाई बुझाइएको प्रतिवेदनमा भागरथी भट्टको यौनाङ्गमा जबरजस्ती भएको देखिएको, रगत बगेको र घाँटी थिचिएको कारण मृत्यु भएको देखिएको उल्लेख छ ।
डा. बसन्त जोशी लगायत दुई जनाले भट्टको पोस्टमार्टम गरेका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरीलाई पोस्टमार्टमको रिपोर्ट प्राप्त भइसकेको छ ।
त्यस ठाउँको परिवेश, घटनाको प्रकृति र पीडितको प्रकृति सबै हेरेर दायरा फराकिलो बनाएर अनुसन्धान शुरू गरिएको र यसलाई क्रमशः प्रमाणीकरण गर्दै दायरा साँघुरो बनाउँदै लाने योजना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि