३० बैशाख २०८१, आइतबार / Sun May 12, 2024

नेकपा काभ्रेको संघर्ष समिति संयोजकमा बसुन्धारा हुमागाईं, सबै स्थानिय तहमा तोकियो इञ्चार्ज र संयोजक


काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), काभ्रेको प्रचण्ड नेपाल पक्षले प्रतिनीधि सभा विघटन विरुद्ध सशक्त आन्दोलन गर्नका लागि जिल्ला संघर्ष समितिको संयोजक र सह–संयोजक तोकेको छ ।
संघर्ष समितिको विस्तारित बैठकले संयोजकमा नेकपा बागमती प्रदेश सदस्य तथा प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईंलाई संयोजक र संविधान सभा सदस्य रेणुका चौंलागाईंलाई सह–संयोजक तोकेको हो ।
सांसद हुमागाईंको नेतृत्वमा जिल्लामा १ हजार १ सय ११ सदस्यीय जिल्ला संघर्ष समिति गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई असंवैधानिक कदम भन्दै नेकपाको एक पक्ष आन्दोलनमा छ । नेकपा बहुमत पक्षले माघ २८ गते काठमाडौंमा बृहत जनसभाको आयोजना गरेसँगै काभ्रेमा संघर्ष समिति गठन गरेको हो ।

सबै स्थानिय तहमा तोकियो इञ्चार्ज र संयोजक

बिस्तारीत बैठकले १३ वटै स्थानीय तहमा इन्चार्ज र संयोजक समेत तोकिएको छ । चौंरीदेउराली गाउँपालिकाको इन्चार्जमा तेज पन्त र संयोजकमा कृष्ण चौंलागाईं, भुम्लु गाउँपालिकाको इन्चार्जमा प्रेम भुजेल र संयोजकमा प्राणनाथ न्यौपाने, तेमाल गाउँपालिकाको इन्चार्जमा डि.एम. लामा र संयोजकमा प्रदीप लामा, रोशी गाउँपालिकाको इन्चार्जमा अशोक गौतम र संयोजकमा जगत शाह, महाभारत गाउँपालिकाको इन्चार्जमा सुजन लामा र संयोजकमा घनश्याम मगर, खानीखोला गाउँपालिकाको इन्चार्जमा मिना पाख्रीन र संयोजकमा भिम घिसिङ, बेथानचोक गाउँपालिकाको इन्चार्जमा मर्दन सिं तामाङ र संयोजकमा प्रेम तामाङ, पनौती नगरपालिकाको इन्चार्जमा होमबहादुर खुलाल र संयोजकमा सहदेव थापा, बनेपा नगरपालिकाका इन्चार्जमा भोला अर्याल र संयोजकमा रघुवर चौप्रधान, धुलिखेल नगरपालिकाको इन्चार्जमा रामगोपाल चौलागाईं र संयोजकमा दयासागर श्रेष्ठ, पाँचखाल नगरपालिकाको इन्चार्जमा चेतप्रसाद गौतम र संयोजकमा रविन्द्रराज सिपखान, मण्डनदेउपुर नगरपालिकाकाको इन्चार्जमा निरञ्जन विष्ट र संयोजकमा गोकुल गौतम, नमोबुद्ध नगरपालिकाको इन्चार्जमा रत्न लामा र संयोजकमा उद्धव हुमागाईंलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि