४ जेष्ठ २०८१, शुक्रबार / Fri May 17, 2024

‘नेपालमा पाँच वर्षमा ८ हजारभन्दा बढी बलात्कार’


काठमाडौं । राज्यका संवैधानिक निकायहरुमा समेत महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको भन्दै महिला अधिकारवादीहरूले चिन्ता व्यक्त गरेका छन् ।
प्रहरीको तथ्याङ्कले विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा ८,००० भन्दा बढी बलात्कार र ३,१०० भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखाउँछ ।
सो अवधिमा झन्डै ६०,००० हजार घरेलु हिंसाका घटनाहरू दर्ता भएको थियो ।
नेपाल प्रहरीका प्रवक्ताले कानुनबमोजिम अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आफूले कुनै कसर बाँकी नराखेको तर ‘उत्तेजना फैलाउने किसिमले प्रतिक्रियाहरू व्यक्त गरिँदा’ कतिपय अनुसन्धानहरू प्रभावित भएको बताए ।
महिला अधिकारको पक्षमा पैरवी गरिरहेका अधिकारकर्मीहरू भने भएका व्यवहारमा देखिने गरी लैङ्गिक समानता सुनिश्चित नगरिएसम्म विभेद र हिंसा नियन्त्रणमा चुनौती देखापरिरहने टिप्पणी गर्छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि