६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

‘काभ्रेको विकासमा पूर्वमन्त्री गोकुल बाँस्कोटाको योगदान’


काभ्रे । संघीयता लागू भएपछि विकास गाउँ–गाउँमा पुग्छ भन्ने कुरा जनतामा फिजाइयो । तर वास्तविकता त्यो भन्दा अलि फरक छ । विकास हुनका लागि अझै पनि राज्य सत्ताको पहुँचमा राजनीतिक व्यक्ति हुनैपर्ने प्रणालीको विकास नेपालमा भएको छ ।
काभ्रेपलाञ्चोक, राजधानीबाट नजिकको जिल्ला हो । तर पनि विकासको दृष्टिले जिल्ला धेरै ठाउँ अझै दुर्गम नै छन् ।
२०७४ सालमा भएको संसदीय निर्वाचन पछि काभ्रे जिल्लाले पनि मन्त्रीपरिषद्सम्म पुग्ने नेतृत्व पायो । ती नेतृत्वकर्ता हुन् गोकुलप्रसाद बाँस्कोटा ।
काभ्रेपलाञ्चोक जिल्ला प्रतिनीधि क्षेत्र नं. २ बाट प्रत्यक्ष चुनाव जितेर संसद बनेका बाँस्कोटाले केपी शर्मा ओली नेतृत्व रहेको सरकारको सूचना, सञ्चार तथा प्रविधि मन्त्रीसम्म बन्ने अवसर पाए । साथै सरकारको प्रवक्ता पनि ।
त्यसबेला देखि नै काभ्रे जिल्लाले विकास बजेटमा पहिलो प्राथमिकता पाइरहेको विश्लेषकहरु बताउँछन् । जिल्लाले बाँस्कोटाकै पहलमा ठुला धनराशीका बजेटहरु पाइरहेको छ ।
केही दिन अघि बागमति प्रदेशबाट काभ्रेका पाँच वटा सडक आयोजनाका लागि ८१ करोड बजेटको सुनिश्चतता गर्न बाँस्कोटाले महत्वपूर्ण भूमिको बताइएको छ । त्यसपछि तत्कालै बाँस्कोटा कै पहलमा काभ्रेको पर्यटन पूर्वाधारको विकासका लागि झण्डै १३ करोड बजेट स्विकृत भएको छ ।
हालै स्विकृत भएका पर्यटन पूर्वाधार विकास र बजेट
१) भिमसेनस्थान पर्वाधार बिकास, भुम्लु गाउँपालिकाका लागि चार करोड बैसट्ठी लाख
२) चण्डेश्वरी सिँढी निर्माण, बनेपा नगरपालिकाका लागि तीन करोड तिस लाख
३) तिनधारे झरना संरक्षण तथा पुर्वाधार निर्माण, रोशी गाउँपालिकाका लागि पाँच कारोड
हक्काहक्की बोल्ने बाँस्कोटा २०७४ सालको प्रतिनीधि सभा चुनावमा पनि लोकप्रिय मत ल्याएर विजय भएका थिए । उनले बाम गठबन्धनबाट चुनाव लडेका थिए । केन्द्र सरकारमा रहँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका बाँस्कोटाले मन्त्री पदबाट राजिनामा दिएपछि पनि लगातार काभ्रे जिल्लाको विकासमा तल्लीन रहेको बताउँदै आएका छन् ।

पछिल्लो समय उनले आफ्नो ट्वीटरमा यस्तो लेखेका छन् –

“अरू कता छन् थाहा भएन, म चै यता छु है काभ्रेली दाजुभाई, दिदीबहिनीहरू । विकास, विकास र विकासका काममा । हाम्रा सपना दिनदिनै पूरा हुने क्रममा छन् । मैले भनेको थिए हामी काम गर्छाैं । हामीलाई विश्वास गर्नुस । जनताले त्यही गरे र हामी पनि जनताको सोही आदेश पालना गर्दै छौं ।”

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि