२० बैशाख २०८१, बिहिबार / Thu May 2, 2024

‘भागरथीको बलात्कारपछि हत्याका अभियुक्त सार्वजनिक’


धनगढी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ ।
दोगडाकेदार गाउँपालिका–७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको बताए ।
भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेको खुलेको उनले बताए ।
उनका अनुसार आरोपी भट्टको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा भागरथीको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरि सार्वजनिक गरिएको हो ।
अहिले मृतकका दाजु शंकर भट्टले कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरीमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलीपल्ट हत्या गरेको अवस्थामा लवलेक सामुदायिक वनमा फेला परेकी थिइन् ।
हत्याको घटना सार्वजनिक भएपछि डीआईजी सुवेदी आफै बैतडी पुगेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयकै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी नायब उपरीक्षकको टोली पनि खटिएको थियो ।
मृतक भागरथीको शव १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ । उनका आफन्तले बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेपछि मात्र शव बुझ्ने अडान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि