१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

प्रेरक प्रसङ्ग : ‘यो हो रिसको औषधी’


एकजना महिला निकै रिसाउने गर्थिन । रिसाएका बेला उनी आफ्ना अघिल्तिर भएका जोकेहीलाई पनि असाध्यै नराम्रो गरी गाली गर्ने गर्थिन् । उनको यही बानीले गर्दा छिमेकी, आफन्त र कहाँसम्म भने घरका मान्छे पनि उनीदेखि टाढिन थालेका थिए । तर, रिस मरेपछि जहिले पनि उनी पश्चाताप गर्ने गर्थिन्, तर त्यति बेलासम्म निकै ढिला भइसकेको हुन्थ्यो । एक दिन महिलाले के थाहा पाइन भने शहरमा नामी सन्त आएका छन् र उनले धेरैको समस्या निराकरण गर्ने क्षमता राख्नछन् । महिला सन्तलाई भेट्न गइन् र भनिन्, ‘महाराज ! मेरो रिसको कुनै सिमा नै छैन । यसै कारण धेरैजना मसँग टाढिँदै गइरहेका छन्, मलाई आफ्नो गल्ती महसुस नहुने पनि होइन । तर त्यति बेलासम्म निकै कुरा बिग्रिसकेको हुन्छ । म के गरुँ महाराज ?’

महिलाको कुरा सुनेर सन्त मुसुमुसु हाँस्न थाले । महिलाको समस्या विस्तारमा सुनेपछि उनले एउटा सिसीमा दबाई भरेर दिए र रिस उठ्ने बेला पिउन सुझाए । एक हप्तापछि महिलामा सकारात्मक प्रभाव देखिन थाले । महिलालाई कम रिस उठ्न थाल्यो । त्यसपछि महिला सन्तलाई भेट्न गइन र भनिन्, ‘हजुरले दिएको औषधीले मलाई निकै राम्रो ग¥यो । तपाई जानुअघि कृपया मलाई त्यो औषधी के हो र कहाँ पाइन्छ भन्नेबारे केही भन्नुहोला । यसले मरो रिस क मगर्न सक्ने रहेछ ।’

महिलाको कुरा सुनेर सन्त मुसुमुसु मुस्काउन थाले । त्यसपछि उनले भने, ‘जसलाई तिमिले औषधी ठानेकी छ्यौ, त्यो अमूल्य औषधी पानी हो ।’ रिस उठ्ने बेलामा तिमिले केही बेर नबोल्नुपर्ने नै थियो । पानी खाँदा अलिकति समय त्यसमा खर्च हुन्थ्यो र तिमिले पानीलाई औषधी ठानेको हुनाले पनि परिवर्तन देखापरेको हो । त्यसले अब जहिले रिस उठ्छ, तिमी नबोल्ने अभ्यास गर । तिम्रो रिस आफैँ नियन्त्रित हुन्छ ।
(साभार)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि