२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘पार्वती माविका विद्यार्थीलाई क्रिन्जल फाउन्डेसनद्वारा छात्रवृत्ति वितरण’


काभ्रे । क्रिन्जल फाउण्डेसन नेपालको ‘शिक्षा दिक्षा कार्यक्रम’ अन्तर्गत काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा रहेको पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
उक्त ‘शिक्षा दिक्षा कार्यक्रम’ अन्तर्गतको छात्रवृत्ति वितरण अमेरिकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरुले गरेको आर्थिक सहयोगबाट गरिएको बताइएको छ ।
हाल अमरिकामा बसोबास गरिरहेका फाउन्डेसनका निर्देशक क्षितिराज लोहनीद्वारा आर्थिक संकलन गरी छात्रवृत्ति वितरण गरिएको जानकारी फाउन्डेसनका बोर्ड सदस्य तथा आर्थिक संयोजक आरजु लोहनीले जानकारी दिनुभयो ।
क्रिन्जल फाउण्डेशन नेपालको ‘शिक्षा दिक्षा कार्यक्रम’ अन्तर्गतको पहिलो अभियान छात्रवृत्ति वितरण रहेको र आउँदा दिनहरुमा अरु थप क्षेत्रमा समेत आउँदा दिनमा विभिन्न कार्यक्रममार्फत सहयोग गर्ने फाउण्डेशनका बोर्ड सदस्य तथा आर्थिक संयोजक आरजु लोहनीले बताउनुभयो ।
क्रिन्जल फाउन्डेसनमार्फत छात्रवृत्ति विद्यालयसम्म पुर्याउन महत्वपूणर् भूमिका निर्वाह गरेका पूर्वविद्यार्थी समुन्द्र तिमल्सिनाले कार्यक्रममा बोल्दै कार्यक्रमको श्रेय युवा वैज्ञानिक क्षितिजराज लोहनीलाई जाने बताएका थिए ।
क्षितिजराज लोहनी आफूले विद्यालयमा अध्ययन गर्दा १५०० रुपैयाँ शुल्क तिर्न नसकेर विद्यालयबाट निष्काशन हुनुपरेको पीडा सम्झेर नेपालमा अध्ययन गर्ने विपन्न वर्गका बालबलिकाको शैक्षित सुनिश्चितताको लागि आफूले यो कार्यक्रमका लागि अमेरिकामा बसेर यस विद्यालयका विद्यार्थीका लागि सहयोग गर्न तत्पर रहेको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले दाताप्रति हार्दिक आभार व्यक्त गर्दैसहयोगबाट प्रेरणा लिएर सदैव आफ्नो शैक्षिक उन्नयनमा लाग्न सम्पूणर् विद्यारथीहरुलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यावस्थापन समिति अध्यक्ष भगवान घिमिरेले विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक विकासमा संस्था मार्फत गरिएको सहयोग अत्यन्तै सह्राहनीयसाथै अन्य संस्थाका लागि समेत सिकाइको विषय रहेको बताउनुभएको थियो ।
विद्यालय प्राधनाध्यापक गोविन्दप्रसाद शर्माले क्रिन्जल परिवारका सम्पुणर् प्रतिनिधिहरुलाई विद्यालयको तर्फबाट न्यानो स्वागत गर्नुभएको थियो ।
यस कार्यक्रममार्फत विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीको लागि छात्रवृत्ति वितरण गरिएको थियो ।
यस कार्यक्रममार्फत कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यर्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी ११ हजार रुपैयाँका दरले कुल दुई लाख छब्बीस हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि