२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘नेपालको हेल्थ सिस्टम कोल्याप्स भइसक्यो’


काठमाडौं । नेपालको स्वास्थ्य स्थिति एकदमै नाजुक स्थितिमा पुगेकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै ‘कोल्याप्स’ भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन् ।

काठमाडौँ महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डाक्टर अधिकारीले ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको दाबी गरे।
सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेबार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताइएको छ ।
वीर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले अक्सिजनको अभावका कारण अपेक्षित ढंगले काम गर्न नसकेको बताइन् । उनले पाँच सय शैयाको अस्पताल भवन हस्तान्तरण नभइसकेकाले भवन सञ्चालन भएन भनेर भन्न नमिल्ने तर्क गरिन्। भवन निर्माण भएर हस्तान्तरण भइसकेको अवस्था नरहे पनि आफूहरुले तीन सय बेडको व्यवस्था गरिसकेको उनले बताइन् ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोभिड अस्पताललाई विरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत साधनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
छलफलमा त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामति कर्मचारी अस्पतालका निर्देशकहरु डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सक सहभागी थिए ।
सहभागीहरुले अक्सिजन व्यवस्थापनमा देखिएको कठिनाई, जनशक्तिलाई प्रोत्साहन र व्यक्तिगत सुरक्षा सामाग्रीको पर्याप्त उपलब्धताको साथै आपतकालीन सेवाका लागि सामान खरिद गर्न खरिद सम्बन्धी प्रक्रिया लामो भएकाले सहजीकरण गर्न आग्रह गरेका थिए ।
उनीहरुले भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को संख्या बढाउँदै लगेको भएपनि अहिले ती सबै विरामीले भरिएको भन्दै वेडको संख्या वृद्धिसँगै जनशक्तिको भार पनि थपिने भएको आर्थिक व्यवस्थापन गर्न सके महामारीविरुद्ध काम गर्न सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि