५ जेष्ठ २०८१, शनिबार / Sat May 18, 2024

‘पन्ध्र दिनभित्र आफैं अक्सिजन प्लान्ट जोड्न नीजि अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन’


काठमाडौं । निजी अस्पतालले अक्सिजन हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न नसकिने भनेर हात उठाएको बेला सरकारले ती अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बसेको बैठकले सय बेडमाथिका निजी अस्पतालले १५ दिन भित्र आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने गरी निणर्य भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
धेरै सरकारी अस्पतालहरूमा पनि अक्सिजन प्लान्ट रहेको भन्दै अब निजीले पनि आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने गौतमको भनाइ छ ।
केही दिनयता काठमाडौंका निजी अस्पतालहरूले अक्सिजनको हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न हात उठाएपछि मन्त्रालयले यस्तो निणर्य गरेको हो ।
उपत्यकामा मात्र झन्डै १० वटा बढी अस्पतालले अक्सिजन अभाव भएको भन्दै थप संक्रमितको उपचार गर्न नसकिने जनाएको छ। जसमा ग्रान्डी, मेडिसिटी, नेपाल मेडिकल कलेज जस्ता धेरै बेड क्षमता भएका अस्पतालहरू छन् ।
चिकित्सकहरूले भने अक्सिजन अभावका कारण धेरै संक्रमितहरूले ज्यान गुमाउनुपर्ने स्थिति आउने चेतावनी दिएका छन् । जति धेरै अक्सिजनको व्यवस्थापन गर्न सके त्यति नै धेरै संक्रमितको उपचार गर्न सकिने र धेरैको ज्यान जोगिने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि