६ जेष्ठ २०८१, आइतबार / Sun May 19, 2024

प्रदेश १ मा शैया र अक्सिजन छ, स्वास्थ्यकर्मीको अभाव


विराटनगर । प्रदेश १ मा कोभिड-१९ सङ्क्रमित बिरामीहरूको सङ्ख्या तीव्र गतिमा बढ्दै गर्दा उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको अभाव पनि बढ्दै गएको छ ।
दिनप्रतिदिन जटिल प्रकारका बिरामीहरू थपिँदै जाँदा अस्पतालमा शय्याहरू पनि थपिने तर जनशक्ति नथपिँदा उपचारका लागि धौ-धौ पर्न थालेको प्रदेश नं. १ का चिकित्सकहरू बताउँछन् ।
प्रदेश १ मा विराटनगरस्थित कोशी कोभिड-१९ उपचार केन्द्र, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको मेची अस्पतालसहित केही निजी अस्पतालहरूमा कोरोना सङ्क्रमितहरूको उपचार हुँदै आएको छ ।
शैया र अक्सिजन नपाएर अन्य प्रदेशका सङ्क्रमितहरू पनि प्रदेश १ का अस्पतालहरूमा उपचारका लागि आउने गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि