२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

काभ्रेका १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगबाट अनुदान


काभ्रे । विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले काभ्रेका १६ वटा क्याम्पसलाई अनुदान दिने भएको छ । विश्विद्यालय अनुदान आयोगमा नेपालभरबाट १ हजार ३ सय ५६ वटा क्याम्पस आबद्ध छन् ।
विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले जिल्लामा रहेका १८ वटा क्याम्पसमध्ये १६ वटालाइ अनुदान आयोगले निणर्य गरेको हो ।
जेठ २१ गते सार्वजनिक गरिएको सूचीमा बेथाञ्चोक गाउँपालिकामा रहेको पार्वती बहुमुखी क्याम्पसाले ८ लाख ५६ हजार ८ सय नियमित अनुदान पाएको छ । विद्यार्थी र शिक्षक संख्याका आधार सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसले अनुदान पाएको छ । उक्त क्याम्पसले १६ लाख ५० हजार रुपैयाँ अनुदान पाएको बुझिएको छ ।
अनुदान पाउने अन्य क्याम्सहरुमा बनेपाको चैतन्य क्याम्पस र काभ्रे बहुमुखी क्याम्पस, धुलिखेलको धुलिखेल क्याम्पस र सञ्जिवनी कलेज, पनौतीको इन्द्रेश्वर क्याम्पस, तेजगंगा बहुमुखी क्याम्पस र कुशादेवी क्याम्पस, पाँचखालको सर्वमंगला बहुमुखी क्याम्पस, मेथिनकोटको जनक बहुमुखी क्याम्पस, दाप्चा छत्रेबाजको दाप्चा कृष्ण बहुमुखी क्याम्पस, महादेवीस्थान देवीथुम्का पब्लिक क्याम्पस, मंगलटारको मंगल जनविजय क्याम्पस र भुम्लुको श्रीप्रकाश क्याम्पस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि