२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

स्वयम्भुकी ३२ वर्षीया युवतीको पेटबाट निकालियो ३५ किलोको ट्युमर


काठमाडौं । स्वयम्भूकी ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
केही समययता उनको पेट अस्वाभाविक रूपमा बढेपछि उनलाई हिँडडुल गर्न र सास फेर्न गाह्रो भएको र त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो ।
शल्यक्रियाअघि उनको तौल ९८ केजी रहेको र १२ जनाको टोलीले उक्त ट्युमर निकालेको अस्पतालकी स्त्री क्यान्सर रोग विशेषज्ञ अस्पताल डा. सृष्टि श्रेष्ठ प्रजापतिले बताएकी छन् ।
ठूलो आकारको ट्युमरको शल्यक्रिया जटिल मानिए पनि कमजोर आर्थिक अवस्था र महामारीका कारण उपचारमा ढिलाइ भएको परिवारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि