१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

‘नेपालमा जुलाईदेखि अन्तर्राष्ट्रिय हवाई उडान नियमित हुँदै, चाटर्ड उडानलाई पनि अनुमति’


काठमाडौं । नेपालले सिमित संख्यामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिने निणर्य गरेको छ ।
कोरोनाभाइरसको महामारीका कारण नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरूमा अझै केही समय असहजता भने देखा परिरहन सक्ने सम्बद्ध अधिकारीहरूले बताएका छन् ।
मन्त्रिपरिषद्को निणर्यपछि सरकारले अघिल्लो साताबाट सीमित संख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति प्रदान गरेको थियो ।
तर हाल पनि सीमित नियमित र चार्टर्ड उडान दुवैले अनुमति पाएको भन्दै नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले आगामी जुलाई १ बाट नियमित उडानहरूलाई बढी प्राथमिकतामा राखिने बताएका छन् ।
तर नेपालमा कोरोना भाइरसको डेल्टा प्लस भेरिअन्ट देखा परेको भन्दै टर्कीले नेपालसहित सातवटा देशबाट अर्को सूचना नभएसम्मका लागि त्यहाँका हवाई यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि