२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘तत्कालै १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्ध खोप दिइँदै, सबै नेपालीलाई निःशुल्क खोप’


काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई तीव्रता दिने भएको छ ।
नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निणर्य गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् ।
सरकारले तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको स्वास्थ्य तथा जनसंख्या मनत्रलायले जनाएको छ ।
आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको मन्त्रालले बताएको छ ।
हाललाई भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । चरणचद्ध रुपमा सबै नागरिकलाई छिट्टै निःशुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ । साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने छ । त्यसपछि निरन्तर आवश्यक खोप आउनेछ ।
साथै यसअघि दोस्रो डोज खोप लगाउन छुटेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि पनि खोपको व्यवस्थापन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ ।
खोपको आपूर्ति मजबुत हुँदै गएकोले छिट्टै सबैलाई खोप उपलब्ध हुने भन्दै मन्त्रालयले खोप अभियान सफल बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि