२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘नेपालमा हालसम्म कोभिडका कारण ९,९९४ जनाको मृत्यु, उपत्यकामा मात्रै १० हजार सक्रिय संक्रमित’


काठमाडौं । नेपालमा बिहिबार थप ३९ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ३७ जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १८,४०८ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
तीमध्ये ६,५०० जनाभन्दा बढीको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो ।
यससँगै नेपालमा सङ्क्रमितको कुल संख्या सात लाख ७३ हजार नाघेको छ भने मृतकको संख्या ९,९९४ पुगेको छ ।
अहिले कुल परीक्षणको २१ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,९२५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण एशियामा बाङ्ग्लादेश र नेपालको सङ्क्रमण पुष्टि दर उच्च छ ।
नेपालमा कोभिडका कारण अहिलेसम्म १.५ प्रतिशत संक्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ३४,४०० जनाभन्दा केही बढीमा सक्रिय संक्रमण छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि